• बिहिबार, असोज १ २०८३

कस्तो रहला आजको मौसम पूर्वानुमान


आइतबार, फाल्गुन १ २०७८
860
Shares

अहिले देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

प्रदेश १, बाग्मती, गण्डकी तथा लुम्बिनी प्रदेशको पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही बाकी प्रदेशको पहाडी भू-भागमा आंशिक बदली रहेको छ। तराईका केही भू-भागमा हुस्सु कुहिरो रहेको छ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार आइतबार देशभर आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहनेछ। सोमबार पनि मौसम सामान्यतया सफा रहनेछ। 

मंगलबार भने देशको पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली बाकी भू-भागमा आंशिक बदली देखि मौसम सामान्यतया सफा रहनेछ। उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार