• बिहिबार, असोज १ २०८३

डिशहोमको अफर, ८९९ मा १०० एमबिपिएसको इन्टरनेट


शुक्रबार, माघ २८ २०७८
680
Shares

छोटो समयमा नै देशभर इन्टरनेट विस्तारमा अग्रसर भइरहेको डिसहोमले सस्तो मुल्यमा उच्चगतिको इन्टरनेट प्रदान गर्दै आइरहेको छ ।

यसैक्रममा कम्पनीले मासिक ८९९ रूपैयाँमा १०० एमबीपीएस इन्टरनेट उपलब्ध गराएको छ । डिशहोमले विगत केही समयदेखि विभिन्न योजनाहरु मार्फत बजारमा आक्रामक उपस्थिती जनाइरहेको छ ।

यस अफर अन्तर्गत ८९९ रूपैयाँमा १ महिना, २ हजार ६९७ रूपैयाँमा ३ महिना, ५ हजार ३९४ ६ महिना र १० हजार ७८८ रूपैयाँमा १२ महिना अवधिको डिशहोम फाइबरनेट पाइने छ ।

यसमा ५ गिगाहर्जको डुअल ब्याण्ड राउटर पनि उपलब्ध हुनेछ । इन्टरनेट जडानका लागि नजिकको डिशहोम डिलर दाईलाई सम्पर्क गर्न सकिने वा पैसा नलाग्ने टोल फ्रि नम्बरमा पनि सम्पर्क गर्न सकिने कम्पनीले जनाएको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार