
शुक्रबार नेपाली बजारमा लगातार पाँचौं दिन सुनको भाउ बढेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबारको तुलनामा सुनको भाउ १ सय रुपैयाँले बढेको हो।
यससँगै छापावाल सुनको भाउ प्रतितोला ९४ हजारमा पुगेको छ। त्यस्तै तेजावी सुनको भाउ ९३ हजार ५ सय रुपैयाँमा पुगेको छ।
चाँदीको भाउ भने शुक्रबार स्थिर देखिएको छ। चाँदी प्रतितोला १२८० रुपैयाँमा कारोबार भइरहेको छ।

