• बिहिबार, असोज १ २०८३

पशुपतिनाथ मन्दिर आजदेखि खुला


शुक्रबार, माघ २८ २०७८
1.1K
Shares

काठमाडौं। पशुपतिनाथको मूल मन्दिर आजबाट भक्तजनका लागि खुल्ला गरिएको छ ।कोरोना संक्रमणको तेस्रो लहर सुरु भएपछि दर्शनार्थीका लागि बन्द गरिएको थियो।

काठमाडौं जिल्ला प्रशासन कार्यालयले आजदेखि पशुपतिनाथ मन्दिर खुला गर्ने निर्णय गरेको हो। मन्दिरमा ५० जनाभन्दा बढी भेला नहुने गरी सर्वसाधारणको लागि खुला गर्ने निर्णय गरिएको पशुपति क्षेत्र विकास कोषले जनाएको छ।

ओमिक्रोनको संक्रमण बढेपछि गएको माघ ४ गतेदेखि दर्शनार्थीका लागि पशुपतिनाथ मन्दिर बन्द गरिएको थियो।

मन्दिर बन्द गर्दा दर्शनार्थी र भक्तजनको गुनासो आएपछि खुला गर्ने निर्णय भएको विकास कोषको विज्ञप्तिमा उल्लेख गरिएको छ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार