• बिहिबार, असोज १ २०८३

यस्तो छ आज देशभरको मौसम


शुक्रबार, माघ २८ २०७८
885
Shares

काठमाडौं । हाल देशभरको मौसममा पश्चिमी वायूको सामान्य प्रभाव रहेको छ । आज बिहान पहाडका थोरै भूभागमा हुस्सु र कुहिरो लागेको छ ।

आज दिउँसो प्रदेश १, बागमती र गण्डकीका पहाडी क्षेत्रका थोरै स्थानमा हल्का वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ । ती प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना पनि छ ।

आज राति प्रदेश १ को पहाडी भूभागका एक, दुई स्थानमा हल्का वर्षाको सम्भावना छ ।

शनिबार भने मौसममा सुधार हुने देखिएको छ । देशभर आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहने आँकलन महाशाखाले गरेको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार