• बिहिबार, असोज १ २०८३

मध्यरातमा जुत्ता गोदाममा आगलागी हुँदा ५ जनाको मृत्यु


शुक्रबार, माघ २८ २०७८
565
Shares

दाङको तुलसीपुरस्थित एक जुत्ता चप्पलको गोदाममा लागेको भीषण आगलागीमा परेर पाँच जनाको मृत्यु भएको छ ।

गएराती पौने २ बजेदेखि इरम फुटवेयर चप्पल गोदाम रहेको चार तले घरमा लागेको आगोमा परेर एक महिला २ पुरुष र दुई बालबालिकाको मृत्यु भएको प्रहरीले बताएको छ ।

मृत्यु हुनेमा १३ वर्षीया सजिाता खातुन, १४ वर्षीय हसन बकस, १५ वर्षीय मसिन बकस, ४० वर्षीय नजरदिन अली, पाँच वर्षीय, अबिददिन अलिको मृत्यु भएको  प्रहरी जनाएको छ । मृतकहरुको शव जलेको अवस्थामा निकालिएको छ ।

मृतकको शव अहिले तुलसीपुरस्थित राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा लगिएको प्रहरीले बताएको छ । घाइतेहरुको पनि राप्ती प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ ।  आगो अहिले नियन्त्रणमा आएको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार