• बिहिबार, असोज १ २०८३

हेमन्त शर्माको ‘भन मेरो मालिक’ सार्वजनिक (भिडिओ)


शुक्रबार, माघ २८ २०७८
560
Shares

कोरोनाका कारण भर्खर सुरु भएका मेला महोत्सव रोकिए। ब्यस्त बन्दै गएको गायक हेमन्त शर्माको दैनिकी फुर्सदिलो भयो।

यही फुर्सदको समयमा डायरीका पुराना पन्ना पल्टाए। उनका आँखा धेरै वर्ष पहिले लेखेर छोडेको ‘भन मेरो मालिक’ बोलको गीतमा गएर रोकिए।

झण्डै ४ वर्षअघिबाट आफ्ना सिर्जना आफ्नै युट्युबमा सार्वजनिक गर्दै आएका शर्माले गीत सार्वजनिक नगरेको केही समय भएको थियो। युट्युबलाई चलायमान बनाउन पनि गीत रेकर्ड गर्नु पर्छ भनेर सोचिरहेका बेला आँखामा परेको गीत रेकर्ड गर्ने निधो गरे। गीतमा संगीत गरे र रेकर्ड गराए। 

पछिल्लो केहि गीतमा गायिका एलिना चौहानसँग सहकार्य गरेका शर्माले यो गीतमा पनि उनैसँग सहकार्य गरे। गीतमा संगीत संयोजन श्यामस्वेत रसाईलीले गरे। गीत तयार भयो। उक्त गीतको म्यूजिक भिडिओ गायक शर्माले बिहीबार सार्वजनिक गरेका छन्। 

गीतको म्यूजिक भिडिओमा लोसिना लामिछाने र नरेश वीर सिंहले अभिनय गरेका छन्। दीपकमान सिंहले निर्देशन गरेको भिडिओका दृष्य अजय रेग्मीले खिचेका हुन्। भिडिओ सम्पादन मिलन विश्वकर्माले गरेका छन्। 

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार