
गोरखा । गोरखाकाे पालुङटार नगरपालिका वडा नम्बर ३ काे वडा कार्यालय भवन निर्माण भएकाे छ । नगरपालिकाकाे ६५ लाख रुपैया लगानीमा निर्माण भएकाे भवनकाे बिहिबार मेयर ई. दिपकबाबु कडेंलले उद्घाटन गरेका हुन् ।
बैठक हलसहित ३ काेठाकाे भवन निर्माण भएपछि सेवा प्रवाहमा सहज हुने नगरपालिका र वडा कार्यालयकाे बिस्वास छ । उद्घाटन कार्यक्रम वडा नं ३ का वडा अध्यक्ष रेशम बहादुर अधिकारीकाे अध्यक्षतामा भएकाे हाे ।

भवनकाे निर्माण दिप ज्योति निर्माण सेवाले गरेकाे थियाे ।
पालुङ्गटार नगरपालिकाले ५ बर्षकाे अवधीमा १० वटै वडासहित नगरकाे कार्यालय भवन निर्माणमा करिब १५ कराेड खर्च गरेकाे जनाएकाे छ । जसमा वडा नम्बर ५ र १० काे भवन भने निर्माणाधिन चरणमा रहेकाे र अन्यले भने नयाँ भवनबाट सेवा सुरु गरिसकेकाे बताइएकाे छ ।


केहिदिन अघि मेयर कडेंलले वडा नम्बर ७ काे समेत वडा कार्यालय भवन उद्घाटन गरेका थिए । यता नगरमा समेत भब्य र सुविधासम्पन्न कार्यालय भवन निर्माणकाे अन्तिम चरणमा रहेकाे नगरपालिकाले जनाएकाे छ ।
नगरपालिकाले करिब ६ कराेड रकम खर्चेर सुविधासम्पन्न प्रशासनीक भवन निर्माण गरेकाे हाे । अस्थायीका साथै साँघुराे भवनबाट सेवा दिन समस्या भएकाे भन्दै नगरपालिकाले हालकाे कार्यालय परिसर मै लिफ्टसहितकाे भवन निर्माण गरेकाे हाे ।


