
गोरखा । शहिदलखन गाउँपालिकाकाे बुङकोटमा जुनियर ब्युटीसियन तालिम सुरु भएको छ । गाउँपालिकाकाे ६, ७ र ८ र ९ गरी ४ वटा वडाका युवतीहरुलाई लक्षित गरी जुनियर व्युटीसियन तालिम सुरु भएकाे हाे ।
तालिममा ति वडाहरुबाट प्रतिनिधित्व हुने गरी २० जनाकाे सहभागीता रहेकाे बताइएकाे छ ।



गोरखा बहुप्राविधिक शिक्षालय र शहिद लखन गाउँपालिकाकाे लागत तथा प्राविधिक साझेदारीमा ३ सय ९० घण्टाको निशुल्क जुनियर ब्युटीसियन तालिम दिन लागिएकाे वडा नम्बर ७ का वडाध्यक्ष शरण श्रेष्ठले जानकारी दिए ।
वडाअध्यक्ष श्रेष्ठको अध्यक्षता तथा गाउँपालिकाका उपप्रमुख इन्द्रीरा तिवारीको प्रमुख आतिथ्यतामा भएको तालिम उद्घाटन कार्यक्रममा गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत जीवन बहादुर आले, गोरखा बहु प्राविधिक शिक्षालयका प्रमुख प्रदिपराज बसौला, वडा नम्बर ८ का वडा अध्यक्ष काशीनाथ अंगाई लगायतले बाेलेका थिए ।


