• मंगलबार, साउन १२ २०८३

सिरानचोककाे हर्मीमा झण्डै २ कराेड लगानीमा स्वास्थ्यचौकी भबन बन्ने


शुक्रबार, माघ २८ २०७८
1.2K
Shares

गोरखा । गोरखाको सिरानचोक गाउँपालिका वडा ३ स्थित हर्मीमा करिब २ कराेड लगानीमा स्वास्थ्य चौकी भबन निर्माण हुने भएकाे छ ।

भूकम्पपछि स्वास्थ्य चौकी भवन पुननिर्माण परियोजना अन्तरगत भारत सरकारको सहयोगमा निर्माण हुन लागेकाे भवनकाे बिहिबार सिरानचाेक गाउँपालिका अध्यक्ष राजु गुरुङ्गले शिलन्यास गरेका हुन् ।

५ शैयाको सुविधा सम्पन्न स्वास्थ्य चौकी भवन निर्माणमा १ करोड ९० लाख रुपैया लागत लाग्ने बताइएकाे छ । एक वर्षमा काम सक्ने गरी रविना/होम निर्माण जेभीले भवन निर्माणको जिम्मा पाएकाे गाउँपालिकाले जनाएकाे छ ।

साे चाैकीबाट आसपास क्षेत्र खोप्लाङ, दाउने, आँपपीपल, सिरानचोक वडा नम्बर ५ र २ लगायतका स्थानीयले सेवा लिदै आएका छन् ।

भूकम्पले क्षति पु¥याएसँगै अस्थायी ट्रस्टमा स्वास्थ्य चौकी संचालन हुदैआएको स्वास्थ्य चौकीकाे नयाँ भवन बनेपछि उपचार र सेवा प्रवाहमा धेरै सहज हुने अध्यक्ष गुरुङले बताए ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार