• मंगलबार, साउन १२ २०८३

नेपालमा १ हजार ३६९ कोरोना संक्रमित थपिए, २ हजार २३८ संक्रमणमुक्त, थप १२ जनाको मृत्यु


बिहिबार, माघ २७ २०७८
775
Shares

काठमाडौं । पछिल्लो २४ घण्टामा १ हजार ३६९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ८ हजार ८८० पीसीआर परीक्षणमा एक हजार १३ जना र तीन हजार एन्टिजेन परीक्षणमा ३५६ जना गरी एक हजार ३६९ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

पछिल्लो २४ घण्टामा कोरोना संक्रमणमुक्त हुनेको संख्या २ हजार २३८ रहेको छ भने कोरोना संक्रमणका कारण १२ जनाको मृत्यु भएको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार