• शुक्रबार, असोज २ २०८३

अब धार्चेकाे केन्द्र माछाखाेलासम्मै बस चल्ने, यस्ताे छ भाडादर !


बिहिबार, माघ २७ २०७८
910
Shares

गोरखा । आगामी फागुन १ देखि धार्चे गाउँपालिकाकाे केन्द्र माछाखोलासम्म नियमित बस चल्ने भएकाे छ । नेपाली सेनाकाे नेतृत्वमा निर्माण भएकाे साे सडकखण्डमा नियमित बस सञ्चालनका लागि धार्चे गाउँपालिका र गोरखा दरौदी बस व्यवसायी कम्पनी सेवा प्रालि विच लिखित सम्झाैता भएका हाे ।

साे बिषयमा बुधबार गाउँपालिका अध्यक्ष सन्तोष गुरुङ र प्रालिका अध्यक्ष नारायण खत्रीले सोती-माछीखोला सडक खण्डमा बस सेवा संचालनका लागि दुई पक्षिय सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् ।

सम्झाैता पत्रमा उल्लेख भएअनुसार तत्कालका लागि दराैदी यातायातले दैनिक चारवटा बस सेवा सञ्चालन गर्नेछ । जसमा साे खण्ड सोती बजारदेखि माछीखोलासम्मको बसभाडा अर्को व्यवस्था नभएसम्मलाई प्रति यात्रु १ सय ५० रुपैयाँ कायम गरिएको र विचमा पर्ने बस्तीहरुमा किलाेमिटरकाे आधारमा प्रतिकिलाेमिटर साढे ११ रुपैया लिने सहमती भएकाे गाउँपालिका अध्यक्ष गुरुङ्गले बताए ।

बस चल्ने बाटाे बिग्रिएमा मर्मत संभारको लागि गाउँपालिका र दरौँदी यातायात कम्पनीविच आपसी सहमतीमा दुवै पक्षबाट लगानी गर्ने समेत सहमती भएकाे सम्झाैता पत्रमा उल्लेख छ ।

त्यस्तै सोती माछाखोला सडकमा पर्ने विभिन्न स्थानहरुमा आवश्यक ट्राफिक संकेतहरु समेत राखिने छन् । हालसम्म रुट कायम नभएकाे साे सडकखण्डलाई तत्काल रुट कायम गराउन समेत जिल्ला प्रशासन कार्यालय गोरखालाई अनुरोध गर्ने सहमती भएकाे बताइएकाे छ ।

यसअघि सो खण्डमा बस सञ्चालन नहुदा त्यस क्षेत्रका करिब १५ भन्दा बढि निजी बाेलेराे जिपहरुले महंगाे भाडा असुल्दै क्षमताभन्दा बढि यात्रु बाेक्दै आएका थिए ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार