

गोरखा । शहिद लखन गाउँपालिका ७ बुङकोटमा २० जनाले निशुल्क एम्बुलेन्सको सेवा लिएका छन् । चालु आर्थिक बर्ष २०७८/०७९ मा बिनियोजित बजेटबाट निःशुल्क एम्बुलेन्स सेवाको व्यवस्था गरिएसँगै यस बर्ष २० जनाले साे सेवा लिएका हुन् ।
चालु वर्षको छ महिनामा २० जनाले निशुल्क एम्बुलेन्स सेवा लिएको वडा अध्यक्ष शरण श्रेष्ठले बताए । कमजोर आर्थिक अवस्था भएका र स्वास्थ्य संस्थासम्म जान एम्बुलेन्स भाडा तिर्न नसकेर उपचारबाट बञ्चित रहेका जेष्ठ नागरिक, गर्भवती महिला र अपाङ्गहरुलाई निशुल्क एम्बुलेन्स सेवा दिँदै आएको उनले बताए ।



७० बर्षभन्दा माथिका जेष्ठ नागरिक, गर्भवती र ‘क’ र ‘ख’ वर्गका अपाङ्गता भएका व्यक्तिहरुलाई बुङकोटदेखि गोरखा अस्पतालसम्म जानका लागि एक हजार आठ सय रुपैयाँका दरले रकम उपलब्ध गराइएको हो । बुधबार एक कार्यक्रमका बीच पहिलो चरणमा २० जनालाई रकम बितरण गरेको अध्यक्ष श्रेष्ठले बताए ।



बुङ्कोट स्वास्थ्य चौकीको सिफारिसमा बिरामीलाई सेवा दिने गरिएको छ । यो कार्यक्रममा आगामी असार मसान्तसम्मै संचालन हुने उनले बताए । जनप्रतिनिधि र स्थानीयहरुको सक्रियतामा स्वास्थ्यचौकी बुङ्कोटमा ल्याव स्थापना भएको छ । त्यस्तै वडामा सुत्केरी महिलाहरुलाई प्रोत्साहन भत्ता पनि दिँदै आएका अध्यक्ष श्रेष्ठले बताए ।
