
नेपाली बजारमा बिहीबार पनि सुनको भाउ बढेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबारको तुलनामा सुनको भाउ प्रतितोला ५ सय रुपैयाँले बढेको हो।
यससँगै छापावाल सुनको भाउ प्रतितोला ९३ हजार ९ सय रुपैयाँमा पुगेको छ भने तेजावी सुनको भाउ ९३ हजार ४ सय रुपैयाँ पुगेको छ।
बिहीबार चाँदीको भाउ भने स्थिर देखिएको छ। चाँदी प्रतितोला १२८० रुपैयाँमा कारोबार भइरहेको छ।
