• आइतबार, भाद्र २१ २०८३

ओमिक्रोन भेरियन्ट देखिएयता विश्वभर कोरोनाबाट मृत्यु हुनेको संख्या ५ लाख नाघ्यो


बिहिबार, माघ २७ २०७८
770
Shares

विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)ले कोरोना भाइरसको ओमिक्रोन भेरियन्ट देखिएयता विश्वभर संक्रमणको कारण ५ लाखभन्दा धेरै मानिसको मृत्यु भएको बताएको छ।

डब्ल्यूएचओका इन्सिडेन्ट म्यानेजर अब्दी महमदका अनुसार नोभेम्बरको अन्तिममा ओमिक्रोन भेरियन्टको उत्पत्ति भएयता अहलेसम्म १३ करोड नयाँ संक्रमित थपिएका छन् भने ५ लाखभन्दा धेरैको मृत्यु भएको छ।

अत्यधिक संक्रामक भएकाले यो भेरियन्ट यसअघिको डेल्टा भेरियन्टमा हाबी भएको थियो। यद्यपि यो भेरियन्टमा यसअघिका भेरियन्टको तुलनामा स्वास्थ्य जटिलताको जोखिम भने कम देखिएको थियो। कोरोना खोप अभियान विश्वभर चलिरहेको अवस्थामा पनि ५ लाखभन्दा धेरै मानिसको मृत्यु हुनु चिन्ताको विषय रहेको महमदले बताए।

‘सबैले अहिले ओमिक्रोन भेरियन्ट कम जोखिमपूर्ण रहेको भनिरहेको बेला उनीहरुले ओमिक्रोन भेरियन्ट सुरु भएपछि ५ लाखभन्दा धेरै मानिसको मृत्यु भएको बिर्सिएका छन्। यो निकै दुःखपूर्ण छ’, उनले भने। डब्ल्यूएचओका अनुसार पछिल्लो समय नयाँ संक्रमितको संख्यामा कमी आए पनि अझै महामारी सकिएको छैन। 

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार