• शुक्रबार, असोज २ २०८३

जापानमा मृत्यु भएका गोरखाका बर्सिलाकाे परिवारलाई साढे १० लाख रकम सहयाेग


बिहिबार, माघ २७ २०७८
815
Shares

गोरखा । जापानमा मृत्यु भएका गोरखाका एक युवककाे परिवारलाई दश लाख भन्दा बढि रकम हस्तान्तरण गरिएकाे छ । गोरखा नगरपालिका वडा नम्बर १३ देउरालीका सुजन बर्सिलाको परिवारलाई गोरखा समाज जापानको नेतृत्वमा संकलन भएकाे १० लाख ४९ हजार ५ सय २९ रुपैया बुधबार हस्तान्तरण गरिएको हाे ।

गत मंसीर १९ गते जापानको फुकुओका शहरमा आफ्नै कोठामा मृत अवस्थामा भेटिएका २४ वर्षीय बार्सिलाकाे परिवारलाई त्याहा रहेको बिभिन्न नेपाली संघ संस्था तथा साथीहरुले सहयोग रकम संकलन गरेर पठाएका थिए । उक्त रकम बुधबार उनका बुबा शिवहरि बर्सिलालाई घरमै पुगेर नगरप्रमुख राजनराज पन्तकाे राेहबरमा हस्तान्तरण गरिएको हो ।

चुणामणि भट्टराईको नेतृत्वमा रहेको गोरखा समाज जापानले संस्थाका उपाध्यक्ष मनिष अमात्यको संयोजकत्वमा बर्सिलाको परिवारलाई सहयोग गर्न जापान लगायतका देशहरुमा अभियान चलाएकाे थियो ।

अभियानबाट संकलित रकम नगरप्रमुख पन्तसहित वडाध्यक्ष हरि खनाल, नेपाल पत्रकार महासंघ गोरखाका अध्यक्ष नरहरी सापकाेटा लगायतकाे राेहवरमा अभियानका संयोजक मनिषका बाबु चित्रकुमार अमात्यले सहयोग रकम बर्सिलाकाे परिवारलाई हस्तान्तरण गरेका हुन् ।

२६ महिनाअघि अध्ययनको शिलसिलामा जापान गएका २४ वर्षीय बार्सिलाको मंसिर १९ गते मृत्यु भएकाे थियाे ।

सहयोग हस्तान्तरण गर्दै मेयर पन्तले सुजनकाे मृत्युका बारे सत्यतथ्य कारण पत्ता लगाई दाेषीलाई कारबाहीका साथै पिडित परिवारलाई न्याय दिलाउन गोरखा नगरपालिकाले परराष्ट्र मन्त्रालयलाई पत्र लेखेकाे जानकारी गराए । घटनाबारे अनुसन्धान र पिडित परिवारलाई सहयोग गर्ने बिषयमा गरपालिका तयार रहेको बताउँदै उनले सहयोग पठाउने गोरखा समाज जापान र त्याहा रहेका नेपालीहरुलाई धन्यवाद दिए ।

यस्तै गैरआवासीय नेपाली संघ क्षेत्रीय समिति, फुकुओका नेपाली सोसाईटीले संकलन गरेको दुई लाख ९० हजार रुपैयाँ पनि केही दिनमा पठाउने तयारी भएको गोरखा समाज जापानले जनाएको छ ।

मृतकको दाहसंस्कारमा लागेको रकम एक लाख ७८ हजार १ सय रुपैयाँ पनि जापानमै संकलन गरेर खर्च गरिएको समाजका सचिव बिराट खनालले जानकारी दिए । उनका अनुसार उनकाे बर्सिलाकाे मृत्युका बारे अनुसन्धान भइरहेकाे छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार