
नेपाली बजारमा बुधबार पनि सुनको भाउ बढेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघले दिएको जानकारीअनुसार मंगलबारको तुलनामा सुनको भाउ तोलाको ३ सय रुपैयाँले बढेको हो। यससँगै छापावाल सुनको भाउ प्रतितोला ९३ हजार ४ सय रुपैयाँमा पुगेको छ।
त्यस्तै तेजावी सुनको भाउ प्रतितोला ९२ हजार ९ सय रुपैयाँमा पुगेको छ। बुधबार चाँदीको भाउ पनि प्रतितोला २० रुपैयाँले बढेको छ। चाँदी प्रतितोला १२८० रुपैयाँमा कारोबार भइरहेको छ।
