• मंगलबार, साउन १२ २०८३

भारतमा एक दिनमा भेटिए ६९ हजार ५४४ संक्रमित, ८ दिनमा छैटौँ पटक १ हजार बढीको मृत्यु


बुधबार, माघ २६ २०७८
760
Shares


भारतमा पछिल्लो २४ घण्टामा ६९ हजार ५४४ कोरोना संक्रमित भेटिएका छन् । यस्तै सोमबार ६७ हजार ५९७ नयाँ संक्रमित भेटिएका थिए ।

सोमबारको तुलनामा मंगलबार संक्रमितको संख्यामा साधारण वृद्धि भएको छ । यतिबेला १.७२ लाख बिरामी निकोसमेत भएका छन् र १,२१५ कोरोना संक्रमितको ज्यान गएको छ । भारतमा हाल ८.८३ लाख जना संक्रमित कोरोनाको उपचार गराइरहेका छन् ।

यस्तै, भारतमा ८ दिनमा छैटौँ पटक कोरोनाका कारण ज्यान गुमाउनेको संख्या हजारभन्दा बढी रहेको छ । यद्यपि, संक्रमितमा लगातार गिरावट आइरहेको छ । फेब्रुअरीको ८ दिनमा कोरोनाका दैनिक संक्रमितमा ५७ प्रतिशतको गिरावट आएको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार