
गोरखा । काेराेना भाइरसकाे संक्रमण जाेखिमका कारण बन्द भएका जिल्लाका धार्मिक स्थलहरु फागुन १ देखि खुल्ने भएका छन् ।
जिल्ला कोभिड व्यवस्थापन समितिका संयोजक प्रमुख जिल्ला अधिकारी शकरहरी आचार्यको नेतृत्वमा मंगलबार बसेको वैठकले कोभिड संक्रमणको अवस्था सामान्य भएसँगै यस अघि बन्द गरिएकाे गोरखकाली र मनकामना मन्दिरसहित जिल्लाका सबै धार्मिक स्थलहरु खुल्ला गर्ने निर्णय गरेका हो ।



फागनु एक गतेबाट मठ, मन्दिर, मस्जिद, गुम्बा, चर्च लगायतका धार्मिक स्थलमा जनस्वास्थ्यका मापदण्ड पालन गरी एक पटकमा ५० जना भन्दा बढी नहुने गरी पूजा, ध्यान वा प्रार्थना गर्न पाउने वैठकले निर्णय गरेको छ ।

कोरोनाको जोखिमबढेसँगै भिडभाड नियन्त्रण गर्नका लागि माघ ६ गते मन्दिरमा भक्तजन प्रवेशमा रोक लगाइएको थियो ।


