• बुधबार, साउन १३ २०८३

बन्दिपुर अस्पतालका मेसु डा. दुवाडीलाई गाउँपालिकाकाे सम्मान


मंगलबार, माघ २५ २०७८
740
Shares

तनहुँ । बन्दिपुर अस्पतालका मेडिकल सुपिरटेण्डेन डाक्टर विमल दुवाडीलाई गाउँपालिकाले सम्मान गरेकाे छ । अस्पताल प्रमुखमा रहेर त्यस क्षेत्रमा प्रभावकारी स्वास्थ्य सेवा पुर्याएकाे भन्दै बन्दिपुर गाउँपालिकाले आज मंगलबार १० औं अधिवेशनका अवसरमा डाक्टर दुवाडीलाई नगदसहित सम्मान गरेकाे हाे ।

काेभिड राेकथाम, ब्यवस्थापन र न्यूनिकरणका साथै संक्रमितकाे उपचारमा समेत प्रत्यक्ष संलग्न रहि प्रभावकारी सेवा दिएकाे भन्दै उनलाई सम्मान गरिएकाे गाउँपालिकाले जनाएकाे छ । संक्रमितकाे उपचारमा संलग्न रहेका डा. दुवाडी पछि आफै समेत काेराेना संक्रमित भएका थिए ।

१८ महिनादेखिअस्पतालमा कार्यरत उनले केहि महिनादेखि मेडिकल स्परिटेण्डेनकाे समेत जिम्मेवारी सम्हाल्दै आएका छन् । मेसुकाे भुमिका पाएसंगै अस्पतालकाे ब्यवस्थान र नियमित सेवालाई थप प्रभावकारी बनाउन दुवाडीले याेगदान दिएकाले उनलाई नगदसहित दाेसल्ला र प्रशंसा पत्रले सम्मान गरिएकाे गाउँपालिका अध्यक्ष पूर्णसिं थापाले बताए ।

साथै अधिवेशनका अवसरमा गाउँपालिकाकाे सेवा प्रवाहमा प्रभावकारी बनाउन भुमिका खेल्ने पालिकाकाे बिभिन्न शाखाका कर्मचारी तथा सञ्चार क्षेत्रबाट याेगदान दिने पत्रकारहरुलाई समेत बन्दिपुरले सम्मान गरेको छ ।

अधिवेशनले आर्थिक वर्ष २०७८/०७८ को नीति तथा कार्यक्रम र संसोधित बजेट पनि पारित गरेको छ । त्यस्तै अधिवेशनबाट भूमि, भवन, वन, खेलकुद, छात्रवृति, कर्मचारीसंग सम्बन्धित ९ वटा ऐन र विधेयक पारित भएकाे उपाध्यक्ष करुणा गुरुङले जानकारी दिइन।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार