• बुधबार, साउन १३ २०८३

१२ हजार ६९२ को परीक्षण गर्दा १ हजार ९५७ संक्रमित थपिए, ११ जनाको मृत्यु


मंगलबार, माघ २५ २०७८
740
Shares

काठमाडौं। कोरोनाभाइरसको कारण नेपालमा पछिल्लो २४ घण्टामा १ हजार ९५७ जनामा संक्रमण पुष्टि भएको छ । थप ११ जनाको मृत्यु भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभर १२ हजार ६९२ नमुना परीक्षण गरिएको थियो । ८ हजार ५८७ जनाको पीसीआर परीक्षण गर्दा एक हजार १८४ र चार हजार १०५ जनाको एन्टीजेन परीक्षण गर्दा ७७३ गरी एक हजार ९५७ जनामा संक्रमण पुष्टि भएको छ ।

पछिल्लो २४ घण्टामा पाँच हजार १०३ जना संक्रमणमुक्त भएका छन् । हाल देशभर ३६ हजार १८१ संक्रिय संक्रमित छन् ।

स्वास्थ्य मन्त्रालयका अनुसार हालसम्‍म २ लाख ७३ हजार ३४९ जनाले कोरोनाविरुद्धको खोप लगाइसकेका छन् ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार