• शुक्रबार, असोज २ २०८३

‘मेची–महाकाली खेल जागरण अभियान’ हुँदै


मंगलबार, माघ २५ २०७८
695
Shares

नेकपा (एमाले) निकट नेपाल खेलकुद महासंघले कोभिडका कारण रोकिएको ‘मेची–महाकाली खेल जागरण अभियान’ शुरु गर्ने भएको छ । 

सोमबार काठमाडौंमा पत्रकार सम्मेलन गरी महासंघले कोभिडका कारण रोकिएको मेची–महाकाली खेल जागरण अभियान शुरु गर्ने जानकारी गराएको हो ।

पत्रकार सम्मेलनमा बोल्दै महासंघका संयोजक कृष्ण (परशुराम) बस्नेतले गत माघ २३ गते बसेको महासंघको सातौँ केन्द्रिय पदाधिकारी बैठकले तीव्र गतिमा आफ्ना मातहतका सबै तहका अधिवेशनहरू सम्पन्न गर्ने निर्णय गरेको बताए । 

उनले खेलकुद महासंघको सदस्यता लिएका खेलाडी तथा खेल प्राविधिकहरुको खेलकै क्रममा दुर्घटना भई घाइते भएमा उपचारार्थ सहजीकरण गर्ने, अन्तर्राष्ट्रिय खेलकुद प्रतियोगितामा सहभागी भई मेडल प्राप्त गर्ने खेलाडी तथा टिमलाई प्रोत्साहन गर्ने, बंगलादेशमा सम्पन्न भएको एभिसी सेन्ट्रल जोन भलिबल प्रतियोगितामा प्रथम हुन सफल नेपाली महिला टिमलाई आगामी फागुन ७ गते नगदसहित सम्मान गर्ने पनि निर्णय गरेको बताए । 

महासंघले राष्ट्रिय खेलकुद परिषद्मा देखिएको अन्योलताका कारण आम खेलकुद जगत नै सुस्ताएको भन्दै तत्काल समस्या समाधान गर्न सरकार तथा न्यायालयको ध्यानाकर्षण समेत गराएको छ । त्यस्तै महासंघले नवौं राष्ट्रिय खेलकुद आयोजनाको मिति अविलम्ब घोषणा गर्न, खेल र खेलाडीको हकहित, अधिकार र सामाजिक सुरक्षाका लागि पनि सम्बन्धित निकाय र नेपाल सरकारको ध्यानाकर्षण गराएको छ । 

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार