• आइतबार, भाद्र २१ २०८३

भारतमा २४ घण्टामा ६७ हजार नयाँ संक्रमित थपिए, १ हजार १८८ जनाको मृत्यु


मंगलबार, माघ २५ २०७८
685
Shares

भारतमा पछिल्लो २४ घण्टामा कोभिड–१९ बाट ६७ हजार नयाँ संक्रमित थपिएका छन्।

भारतको स्वास्थ्य मन्त्रालयले दिएको जानकारीअनुसार उक्त अवधिमा कोरोना संक्रमणको कारण १ हजार १८८ जनाको मृत्यु भएको छ। 

भारतमा ओमिक्रोन भेरियन्टसहितको संक्रमणको कारण फैलिएको तेस्रो लहरपछि निरन्तर नयाँ संक्रमितको संख्या घट्दो क्रममा देखिएको छ। यद्यपि अहिले पनि संक्रमणको कारण मृत्यु हुनेको संख्या भने अझै पनि चिन्ताको विषय बनेको छ। 

भारतमा पछिल्लो २४ घण्टामा कोरोनाका १ लाख ८० हजार मानिसहरु संक्रमणमुक्त भएका छन्। यससँगै भारतमा कोरोनाका सक्रिय संक्रमितको संख्या पनि ९ लाख ९४ हजारमा झरेको छ।

 

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार