
गोरखा । हिउँ खेल्न गएका गोरखाका दुई जना किशाेर बेपत्ता भएका छन् ।
हिउँ खेल्न जाने भन्दै ५ दिन अघि घरबाट निस्केका बारपाकका दुई किशाेर वेपत्ता भएका हुन् । वेपत्ता हुनेमा वारपाक सुलिकोट गाउँपालिका वडा नम्वर १ का साइला घले र वडा नम्वर २ का करन घले रहेकाे जिल्ला प्रहरी कार्यालय गोरखाका डिएसपी प्रकाश दाहालले बताए ।
उनिहरु गत बिहीवारदेखि परिवार र आफन्तकाे सम्पर्कमा नआएको उनले जानकारी दिए । प्रहरीका अनुसार उनीहरु दुवै १६ वर्षका हुन् ।



हिउँ खेल्न भन्दै यही माघ २० गते उनीहरु धार्चे गाउँपालिकाकाे लाप्राक स्थित गुप्सीपाखा गएका थिए । २० गतेदेखि छोरा हराएको भन्दै आफन्तले २३ गते बारपाक प्रहरी चौकीमा जानकारी गराएका थिए ।
जानकारी पाएपश्चात उनीहरुको खोजी कार्य तीव्र पारिएको डिएसपी दाहालले बताए ।


