• बुधबार, साउन १३ २०८३

गण्डकी प्रदेश स्वास्थ्य सचिवकाे जिम्मेवारी श्रीराम तिवारीलाई


सोमबार, माघ २४ २०७८
695
Shares

गोरखा । गण्डकी प्रदेशको स्वास्थ्य सचिवकाे जिम्मेवारी डा. श्रीराम तिवारीलाई दिइएको छ ।

गण्डकी प्रदेशमा डा. तिवारीलाई स्वास्थ्य सचिवको जिम्मेवारी दिइएको संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका कर्मचारी प्रशासन शाखा प्रमुख रघुराम विष्टले जानकारी दिए ।

यसअघि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले डा. अनुज भट्टचनलाई गण्डकी प्रदेशको स्वास्थ्य सचिवका लागि सामान्य प्रशासनलाई पत्राचार गरेको थियो । तर, सामान्यले उक्त पत्रमाथि कुनै प्रक्रिया अगाडि बढाएको थिएन । प्रक्रिया अगाडि नबढेपछि उनी केही समय फाजिलमा रहेका थिए ।

डा. तिवारी भने केही समयअघि मात्रै केन्द्रीय कारागार अस्पतालबाट राष्ट्रिय क्षयरोग नियन्त्रण केन्द्रमा निर्देशकको रुपमा सरुवा भएका थिए । डा तिवारी यसअघि गोरखा जिल्ला अस्पतालका प्रमुख समेत रहिसकेका छन् ।

यता डा. अनुज भट्टचनलाई भने प्रदेश १ को स्वास्थ्य सचिवमा जिम्मेवारी दिइएको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार