• शुक्रबार, असोज २ २०८३

हेलिकप्टरमार्फत बागलुङकी सुत्केरीको उद्धार


सोमबार, माघ २४ २०७८
1.1K
Shares

बागलुङ। सुत्केरी भएर साल अड्किएकी बागलुङको वडिगाड गाउँपालिकाकी एक सुत्केरीको हवाइमार्फत उद्दार गरिएको छ ।

वडिगाड गाउँपालिका-३ सिसाखानीकी २६ वर्षीया सीता सामलको हवाईमार्फत उद्दार गरिएको हो । सोमबार बिहान १ बजे सुत्केरी भएकी सामलको साल अड्किएपछि दगातुन्डाँडा स्वास्थ्य चौकीमा कार्यरत राधा गिरी र दीपक थापाले बिरामीको घरमा पुगेर उपचार गरेका थिए ।

स्थानीय स्वास्थ्यकर्मीको प्रयाससमेत असफल भएपछि उनलाई हेलिकप्टरमार्फत पोखरा पठाइएको हो । वडिगाड गाउँपालिकाको समन्वयमा स्वास्थ्य मन्त्रालय, गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालय, प्रदेश स्वास्थ्य आपत्कालीन कार्यसञ्चालन केन्द्रले उनको उद्दारगरेको हो ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार