• शुक्रबार, असोज २ २०८३

बन्ने भयाे रोटरी गोरखाकाे भवन, मेयर पन्तले गरे शिलान्यास


सोमबार, माघ २४ २०७८
965
Shares

गोरखा । सदरमुकाममा रोटरी क्लव अफ गोरखाको सचिवालय भवन निर्माण हुने भएकाे छ । गाेरखा नगरपालिका ८ काे प्रतिक्षालय चाेकमा क्लबकाे भवन निर्माण हुन लागेका हाे । क्लबले सचिवालय भवन बनाउन केहि समयअघि ५ आना जग्गा करिब ४० लाख रुपैयामा खरिद गरेकाे अध्यक्ष विशाल रानाले बताए ।

भवनको आइतबार श्रीपञ्चमीको अवसरमा गाेरखा नगरपालिकाका मेयर राजनराज पन्तले शिलान्यास गरेका छन् । करिब डेढ कराेड लगानीमा हल र पार्किङ्गसहितकाे ७ काेठे भवन निर्माणकाे याेजना रहेकाे निर्माण समितिका संयाेजक कृष्ण ढकालले जानकारी दिए । भवन साँढे दुई तलाको बन्नेछ ।

भवन निर्माणका लागि यस बर्ष गोरखा नगरपालिकाले १० लाख रुपैया बजेट विनियाेजन गरेकाे र अन्य स्राेतकाे खाेजी भइरहेकाे संयाेजक ढकालले बताए । भवन निर्माणका लागि देशभर रहेका १ सय ५५ वटा राेटरी क्लबसंग समेत सहयाेग मागिएकाे र क्लबमा रहेका सदस्यहरुबाट समेत सहयाेगकाे घाेषणा भइरहेकाे उनकाे भनाई छ ।

हालसम्म सदरमुकाममा रहेका बिभिन्न हाेटलहरुबाट सचिवालय र बैठकहरु सञ्चालन गरिरहेकाे क्लबमा हाल ४२ जना सदस्य रहेकाे अध्यक्ष रानाले बताए । कार्यक्रममा गोरखा नगरपालिकाका उपप्रमुख विना कुमारी श्रेष्ठ, नेपाल पत्रकार महासंघका अध्यक्ष नरहरी सापकाेटा लगायतकाे सहभागिता रहेकाे थियाे ।

शिलन्यास कार्यक्रमका अवसरमा सचिवालय निर्माणका लागि क्लबका संस्थापक अध्यक्ष सितलकाजी मास्केले एकलाख रुपैयाँ सहयोग गर्ने घोषणा गरेका छन् । करिब २० बर्ष अघि मास्केकै नेतृत्वमा क्लवकाे स्थापना भएको थियाे ।

जिल्लामा खानेपानी, स्वास्थ्य, शिक्षाकाे प्रवर्द्धन लगायत सामाजिक कामहरुमा अग्रसरता लिदै आएकाे राेटरी क्लब अफ गोरखामा राेट्र्याक्ट क्लब अफ गोरखा र इन्ट्र्याक्ट क्लब अफ ओल्ड क्यापिटल समेत आवद्ध छन् । राेट्र्याक्टमा १८ देखि ३० उमेरका युवाहरु र इन्ट्र्याक्टमा १८ बर्षमुनीका किशाेरकिशाेरीहरु आवद्ध हुने विश्वब्यापी नियम छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार