• शुक्रबार, असोज २ २०८३

कार र ट्रक ठोक्किँदा ३ जनाको मृत्यु, २ घाइते


सोमबार, माघ २४ २०७८
675
Shares

बुटवलमा रोकिरहेको ट्रकमा कार ठोक्किँदा तीन जनाको मृत्यु भएको छ भने दुई जना गम्भीर घाइते भएका छन् ।

रोकिरहेको २ ख ९७७२ नम्बरको ट्रकसँग लु ३ च ४४४२ नम्बरको कार बुटवल उपमहानगरपालिका –१२ स्थित तामनगर ठोक्किएको प्रहरीले जनाएको छ ।

मृत्यु हुनेको सनाखत हुन बाँकी रहेको प्रहरीले जनाएकाे छ ।  एक जनाको घटनास्थलमै र दुई जनाको उपचारको क्रममा अस्पतालमा मृत्यु भएको हाे ।

घटनामा गम्भीर घाइते २ जनाको बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ । ट्रक चालक फरार भएको र उनको खोजी भइरहेको प्रहरीको भनाइ छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार