• शुक्रबार, असोज २ २०८३

अब कतारबाटै विधुतीय राहदानी बनाउन सकिने


सोमबार, माघ २४ २०७८
585
Shares

अब कतारस्थित नेपाली दूतावासबाटै विद्युतीय राहदानी (ई पासपोर्ट) बनाउन सकिने भएको छ । विद्युतीय राहदानी (ई पासपोर्ट) का लागि प्रि इनरोलमेन्ट सुरु भएको दूतावासले जनाएको छ ।

दूतावासले आइतबार एक सूचना जारी गर्दै नेपाली दूतावास दोहाबाट लाइभ इनरोलमेन्ट प्रक्रिया पूरा गरी राहदानी विभाग काठमाडौँबाट सफलतापूर्वक पहिलो विद्युतीय राहदानी (ई पासपोर्ट) तयार भएको जनाएको छ ।

यो सफलतासँगै नेपाली दूतावास दोहा विद्युतीय राहदानी प्रणाली प्रयोगमा ल्याउने पहिलो नेपाली दूतावास बनेको छ । ई पासपोर्ट प्रणाली सफलतापूर्वक सुरुवात भयसँगै आइतबारदेखि नै दूतावासमा ई पासपोर्टका लागि आवेदन प्रि इनरोलमेन्ट बुकिङ खुल्ला गरिएको दूतावासले जनाएको छ ।

ई पासपोर्ट सुरु भएको प्रारम्भिक चरणमा केही सीमित बुकिङ मात्र खुल्ला गरिएको छ । अहिले राहदानीको म्याद सकिएका वा तीन महिना भन्दा कम समय बाकी भएकाहरूले मात्र आवेदन दिन सक्ने दूतावासले जनाएको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार