• शुक्रबार, असोज २ २०८३

अमनको स्वर, अबुनको शब्दमा ‘नक्कली’ सार्वजनिक ( भिडियो )


आइतबार, माघ २३ २०७८
940
Shares

काठमाडौं – ‘के भो तिमीलाई’, ‘महसुस’ लगायातका थुप्रै गीतहरुमा आफ्नो सुमधुर स्वर दिएकी गायिका अबुन पाण्डेको शब्दमा समावेश ‘नक्कली’ बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ।  

संगीतकार टिका दाहालले संगीतवद्द गरेको यस गीतलाई गायक प्रधानका बुवा राहुल प्रधानले संगीत संयोजन गरेका हुन्। म्युजिक भिडियोमा प्रियाना आचार्य ‘मुन्नी’ र स्वयम् गायक प्रधान फिचर्ड छन्।  बुद्ध  थापाले छायाँकन गरेको यस भिडियोलाई विकाश धमलाले सम्पादन गरेका हुन्।  

निकेश खड्काको निर्देशनमा भिडियोमा  तयार पारिएको हो।  कान्तिपुर होलिडेज अस्ट्रेलियाको  सहयोग रहेको यस भिडियोलाई गायक प्रधानको आधिकारिक च्यानल ‘अमन प्रधान’ मार्फत सार्वजनिक गरिएको हो। निर्माण टिमले भिडियोलाई हेरेर माया गरिदिन सबैलाई आग्रह गरेका छन्।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार