• शुक्रबार, असोज २ २०८३

क्याप्टेन सुब्बाको जीवनीमा आधारित वृत्तचित्रको ट्रेलर सार्वजनिक ( भिडियो )


आइतबार, माघ २३ २०७८
870
Shares

काठमाडौं – इतिहासले भुलेका एक पात्र  भूतपूर्व  क्याप्टेन  बुद्ध बिर सुब्बाको जीवनीमा आधारित वृत्तचित्र ‘कुन हो मेरो देश’को ट्रेलर सार्वजनिक भएको  छ।  अंग्रेजी र नेपाली भर्सनमा उपलब्ध ट्रेलर हेर्दा निकै आकर्षक देखिन्छ।

यो  वृत्तचित्र भुटान सरकारले निर्वासित गरेका ऐतिहासिक व्यक्तित्व भूतपूर्व  क्याप्टेन सुब्बाको वास्तविक जीवन भोगाइको घटनामा आधारित छ। क्याप्टेन सुब्बाले  देशको सार्वभौमिकताको लागी  जीवनभर परिश्रम गरे र सबैकुरा दिए र तर अन्त्यमा कसरी तत्कालिन भुटान सरकारले  उनलाई निर्वासित गर्यो भन्ने कुराको रहस्य उद्घाटन स्वयम् क्याप्टेन  सुब्बा र उनका परिवारजनले यस वृत्तचित्र मार्फत  गरेका छन्।

फ्याम्ली प्रोडक्शनको निर्माणमा तयार पारिएको यस वृत्तचित्र नेपालीभाषी  भुटानी शरणार्थी जीवनका बारेमा बुझ्न चाहाने जोकोहीले एकपटक हेर्नेपर्ने हुन्छ।  बि एम खालिङको खोज र लेखन रहेको यस वृत्तचित्रमा गायक एवम् संचारकर्मी  रविन शर्माको न्यारेशन रहेको छ।

कमल राईको  छायाँकन र सम्पादन रहेको यस वृत्तचित्रलाई राजु सुब्बाको कन्सेप्टमा तयार पारिएको हो। असल टिभी नामक युट्युव च्यानल मार्फत ट्रेलर सार्वजनिक गरिएको हो। पुरा वृत्तचित्र छिट्टै नै सार्वजनिक गरिने  निर्माण टिमले  बताएको छ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार