
चर्चित गजल गीत ‘न बिर्सें तिमीलाई न पाएँ तिमीलाई’ को नयाँ भर्सन आएको छ।
अञ्जु पन्तले गाएको उक्त गीत पछिल्लो पुस्ताकी लोकप्रिय गायिका रचना रिमालले पुनः गाएकी हुन्।
‘न बिर्सें तिमीलाई न पाएँ तिमीलाई’ बोलको गीतको नयाँ भर्सन बिहीबार ‘किरण क्रियसन’ युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो।
जसमा किरण कँडेलको एरेन्ज छ भने भिडिओ बुद्ध थापाले खिचेका हुन्। सम्पादन विनोद बमले गरेका हुन्।
रचना रिमालको स्वरमा नयाँ भर्सन–
