• आइतबार, भाद्र २१ २०८३

२४ घण्टामा कोरोनाबाट ११ जनाको मृत्यु, १,३८६ मा संक्रमण पुष्टि


आइतबार, माघ २३ २०७८
640
Shares

पछिल्लो २४ घण्टामा  १३८६ जनामा संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ८ हजार ७०४ जना संक्रमणमुक्त भएका छन् । 

यसअघि शनिबार १ हजार ७१४ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो भने शुक्रबार २५२६ जनामा संक्रमण पुष्टि भएको थियो ।

यस्तै बिहीबार ३ हजार १७५ जना, बुधबार ३ हजार ६३७, मंगलबार ५ हजार ५८३, सोमबार ५ हजार २९२ र आइतबार ३ हजार ५४० जनामा संक्रमण पुष्टि भएको थियो । 

यस्तै पछिल्लो २४ घण्टामा ११ जनाले कोरोनाबाट ज्यान गुमाएको मन्त्रालयले जनाएको छ । हाल देशभर कोरोनाको सक्रिय संक्रमित ४५ हजार २४८ जना रहेका छन् । 

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार