
कोभिड संक्रमणको जोखिमका कारण स्थगित भएको नेपाल प्रहरीको भर्ना परीक्षाको मिति तय भएको छ। जनपदतर्फ प्रहरी सहायक निरीक्षक र प्राविधिकतर्फको जवान पदको लिखित परीक्षा सञ्चालन हुने भएको हो।
प्राविधिक समूहअन्तर्गत विधि विज्ञान र स्वास्थ्य उपसमूहतर्फ प्राविधिक प्रहरी निरीक्षक –बायोलोजी, भौतिक, मेडिकल ल्याब टेक्नोलोजिष्ट र डेन्टल अधिकृत) पदको स्वास्थ्य परीक्षणमा उत्तीर्णहरुको लोकसेवा आयोगले सञ्चालन गर्ने परीक्षाको मिति तय भएको हो।

प्राविधिक प्रहरी निरीक्षक खुलातर्फ बायोलोजी र भौतिक उपसमूहको प्रथम पत्र फागुन १ गते दिनको १ बजेबाट सुरु हुनेछ। द्वितीय पत्र फागुन २ गते २ बजेबाट तोकिएको छ। दुवै दिनका परीक्षा लोक सेवा आयोगको अनामनगर कार्यालयमा हुनेछन्।
यस्तै खुला तथा मधेशी प्राविधिक प्रहरी निरीक्षक मेडिकल ल्याब टेक्नोलोजिष्ट र खुला तथा समावेशी प्राविधिक प्रहरी निरीक्षकतर्फ डेन्टल अधिकृतको प्रथम पत्र फागुन ३ गते र द्वितीय पत्र फागुन ४ गते हुनेछ। तृतीय पत्रको परीक्षा फागुन ५ गते २ बजेबाट हुनेछ।
यस्तो छ परीक्षा तालिका


