
पछिल्लो समय नेपाल डिस्टिलरी खुकुरी रम (ट्रिपल एक्स) को बजार विस्तार गर्न आक्रमक रूपमा लागेको छ ।
कम्पनीले गत २० वर्षदेखि प्रचलनमा रहेको रमको प्याकेजिङ नै परिवर्तन गर्यो । यही सातामात्रै कम्पनीले नेपाली बजारमा ‘स्पाइस्ड रम’ सार्वजनिक गरेको छ । यसले पनि खुकुरी रमको आक्रामक बजार विस्तारतर्फ नेपाल डिस्टिलरी लागेको देखिन्छ ।


कम्पनीको पछिल्लो गतिविधि र भावी रणनीतिबारे महाप्रबन्धक सुभास लामिछानेसँग गरेको कुराकानीको अंश स्तपाईंहरूले विगत २० वर्षदेखि अस्तित्वमा रहेको रमको प्याकेजिङ परिवर्तन गरे। यसको मूख्य लक्ष्य के हो रुब्राण्डको परिचयलाई समयसापेक्ष बनाउनुपर्छ भनेर प्याकेजिङ परिवर्तन गरेका हौं । २० वर्षदेखि प्रचलनमा रहेको प्याकेजिङलाई यसअघि खासै परिवर्तन गरेका थिएनौं । त्यसैले, समयसापेक्ष बनाउने एउटा उद्देश्य हो ।
उपभोक्तालाई ध्यानमा राखेर नै यसको प्याकेजिङ परिवर्तन गरिएको हो । उपभोक्ताहरूले यतिबेलासम्म स्वाद र गुणस्तरकै आधारमा खुकुरी रम मन पराएका छन। उहाँहरूलाई स्वाद र गुणस्तरसहित आकर्षक प्याकेजिङमा खुकुरी रम दिएका छौं । हामीले आफ्नो दायित्वअनुसार नै प्याकेजिङ परिवर्तन गरेका हौं । यी दुई कारणले नै रमको नयाँ प्याकेजिङ बजारमा ल्याइएको हो ।
