• शुक्रबार, असोज २ २०८३

नेपालगञ्जमा अपहरण र हत्याका अभियुक्त ११ वर्षपछि गोरखाबाट पक्राउ


आइतबार, माघ २३ २०७८
755
Shares

गोरखा । नेपालगञ्ज उपमहानगरपालिका १ का २१ वर्षीय हिमाल बुढाको हत्या गरी ११ बर्षदेखि फरार सोही नगरपालिका १० का ३३ वर्षीय सौभाग्य मल्ल गोरखाबाट पक्राउ परेका छन् । मल्ललाई शुक्रबार गोरखा नगरपालिका ६ पाटेचौरबाट पक्राउ गरिएको हाे ।

२०६७ माघ ३ गते बुढाको हत्यापछि कर्तब्य ज्यान मुद्दा लागेका उनि शुक्रबार गोरखाबाट पक्राउ गरेकाे गोरखाका डिएसपी प्रकाश दाहालले पुष्टि गरे ।

पक्राउ परेका मल्ललाई आवश्यक न्यायिक प्रक्रियाका लागि जिल्ला प्रहरी कार्यालय बाँकेसंग समन्वय गरी शनिबार नै बाँकेबाट आएको प्रहरी टोलीलाई जिम्मा लगाइएको डिएसपी दाहालले जानकारी दिए ।

२०६७ माघ ३ गतेबाट अपहरित बुढाको शव माघ १४ गत बाँके नौबास्ता–४ स्थित एक स्थानीयको घरमा फेला परेको थियो । नन्दादेवी बुढाले आफ्नो छोरा २१ वर्षीय हिमाल बुढालाई मल्लसहित पाँचजना व्यक्तिहरूले मोटरसाइकलबाट अपहरण गरी फिरौती माग्दै हत्या गरेको भन्दै ‘अपहरण गरी कर्तव्य ज्यान’ मुद्दामा किटानी जाहेरी दिएकी थिइन् ।

उनलाई बाँके जिल्ला अदालत र पुनरावेदन अदालतबाट अपहरण गरी कर्तव्य ज्यान मुद्दामा दोषी ठहर गरी २९ बर्ष कैद सजाय तोकिएकोमा पछि सर्वोच्च अदालतबाट निजलाई २० बर्ष कैद कायम भएको प्रहरीले जनाएको छ ।

शुक्रबार गोरखाबाट पक्राउ परेका सौभाग्य मल्ल लामोसमय देखि भारतमा लुकीछुपी बस्दै आइरहेको बताइएको छ । नेपालमा पनि आफ्नो परिचय परिवर्तन गरी जगदीश सिंहको परिचय बनाई लुकीछुपी बस्दै आएको खुल्न आएको दाहालले बताए ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार