• बुधबार, साउन १३ २०८३

गण्डकीमा २९ हजार बढिले लगाए बुस्टर डोज (कुन जिल्लामा कति ?)


शनिबार, माघ २२ २०७८
865
Shares

गण्डकीमा प्रदेशका २९ हजार २ सय ७० जनाले कोरोनाविरुद्धको बुस्टर डोज लगाएका छन्। दोस्रो मात्रा पूरा गरेकाहरूलाई बुस्टर डोज दिइएको हो।

स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशअन्तर्गतको आपतकालिक कार्य सञ्चालन केन्द्रका संयोजक नवराज शर्माका अनुसार हालसम्म २९ हजार २ सय ७० जनाले बुस्टर डाेज खाेप लगाएका हुन् ।

निर्देशनालयकाे तथ्या‌ंक अनुसार गोरखामा ४ हजार २ सय ७९ जनाले साे खाेप लगाएका छन् । त्यसैगरी मनाङका ८७५, मुस्ताङका ३३४, म्याग्दीका दुई हजार ६७२, कास्कीका तीन हजार १३६, लमजुङका चार हजार ५२७ र तनहुँका तीन हजार ७० जनाले बुस्टर डोज लगाएका छन्।

यस्तै, नवलपरासी (बर्दघाट सुस्ता पूर्व) का एक हजार ६८६, स्याङ्जाका तीन हजार ५६५, पर्वतका दुई हजार ४५९ जना र बागलुङका दुई हजार ६८५ जना रहेका छन्।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार