• आइतबार, भाद्र २१ २०८३

गोरखा नगरपालिकाका २० कर्मचारीसहित स्वास्थ्य शाखालाई उत्कृष्ठ कार्यसम्पादन ‘अवार्ड’


शनिबार, माघ २२ २०७८
900
Shares

गोरखा । कार्यालयकाे सेवा प्रवाहमा उत्कृष्ठ कार्यसम्पादन गरेकाे भन्दै गोरखा नगरपालिकाले बिभिन्न शाखामा कार्यरत २० जना कर्मचारीलाई सम्मान गरेकाे छ ।

शुक्रबार सम्पन्न नवाै नगरसभाका अवसरमा नगरप्रमुख राजनराज पन्त, उपप्रमुख विना कुमारी श्रे्ष्ठ र प्रमुख प्रशासकीय अधिकृत दिनेशराज पन्तले उनिहरुलाई नगद १० हजारसहित दाेसल्ला र सम्मान पत्रले सम्मान गरेकाे हुन् ।

कार्यालयद्धारा सञ्चालन गरेका योजना, कार्यक्रम तथा बिभिन्न सेवा प्रवाहलाई चुस्त, दुरुस्तका साथै जनउत्तरदायी र प्रभावकारी बनाउन महत्वपूर्ण भुमिका खेलेकाे भन्दै २० जना कर्मचारीलाई सम्मान गरिएकाे नरगरपालिकाले जनाएकाे छ ।

‘सबैले राम्राे काम गर्नुभएकाे छ तर पनि राम्राे मध्ये पनि अझै राम्राेलाई छानेर प्राेत्साहन गर्न सम्मान गरेका हाै’ प्रमुख प्रशासकीइ अधिकृत दिनेशराज पन्तले भने ‘सकेसम्म सबै शाखा र तहका कर्मचारीलाई समावेश गर्ने प्रयास गरेका छाै ।’

सम्मानित हुने कर्मचारीहरुमा गाेरखा नगरपालिकाका जनस्वास्थ्य निरिक्षक रामकाजी दवाडी, शिक्षा शाखाका श्राेत ब्यक्ति ध्रुव अर्याल, वातावरण अधिकृत ध्रुव घिमिरे, कृषि शाखा प्रमुख नविन अधिकारी, नायव सुब्बा चित्र बहादुर अधिकारी, सामाजिक विकास शाखाका नायव सुब्बा शाेभा प्रधान दवाडी, हेल्थ असिष्टेण्ट सविना अधिकारी, अनमी मिरा खड्का, सव इन्जिनियर आशिष श्रेष्ठ, लेखा शाखाका पदम बहादुर थापा, वडासचिवहरु प्रेम बहादुर बस्नेत, सञ्जय ढु‌ंगाना र सरस्वती अधिकारीलाई नगरपालिकाले सम्मान गरेकाे हाे ।

त्यस्तै सम्मानित हुने कर्मचारीहरुमा सवारी चालकहरु यमजंग थापा, पुतबहादुर गुरुङ, चाैकीदार मिनबहादुर थापा, कार्यालय सहयाेगी भुवन बहादुर अधिकारी, दिपक आचार्य, गोमा कुवँर र रिता श्रेष्ठ रहेकाे प्रशासकिय अधिकृत चेत प्रसाद अम्गाईले बताएका छन् ।

त्यस्तै काेभिड ब्यवस्थान, राेकथाम र न्यूनिकरणमा उल्लेखनिय भुमिका खेलेकाे भन्दै नगरपालिकाकाे स्वास्थ्य शाखालाई समेत सम्मान गरिएकाे छ । सम्मानपत्र स्वास्थ्य शाखा प्रमुख इश्वर रेग्मीलाई हस्तान्तरण गरिएकाे हाे ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार