• शुक्रबार, असोज २ २०८३

गोरखा नगरपालिकाकाे लोगाे बनाउने मियाँलाई सम्मान


शनिबार, माघ २२ २०७८
730
Shares

गोरखा । गोरखा नगरपालिकाकाे लोगाे डिजाइन गर्ने माेहसिन अलि मियाँ सम्मानित भएका छन् । नवाै नगरसभाका अवसरमा मियाँलाई गोरखा नगरपालिकाले शुक्रबार सम्मान गरेकाे हाे । दाेसल्लासहित प्रशंसा पत्रद्धारा उनलाई मेयर राजराज पन्त, उपमेयर बिना कुमारी श्रेष्ठ र प्रमुख प्रशासकीय अधिकृत दिनेशराज पन्तले संयुक्त रुपमा सम्मान गरेका हुन् ।

एक दशकयता गोरखामा रहेर पत्रकारिता पेशामा कृयाशिल रहेका मियाँले २ बर्षअघि २०७६ फागुनमा गोरखा नगरपालिकाकाे लाेगाे डिजाइन गरी कार्यालयलाई हस्तान्तरण गरेका थिए । लाेगाेका बिभिन्न ३ डिजाइनहरु नगरपालिकामा पेश गरेका उनकाे उत्कृष्ट लाेगाेका रुपमा हाल प्रयाेगमा रहेकाे लाेगाे छनाेट भई २०७६ चैत ३ गतेकाे कार्यपालिका बैठकबाट पारि‍त भएकाे थियाे ।

लाेगाेलाई नगर क्षेत्रकाे पहिचान झल्कने गरी डिजाइन गरिएकाे मियाँले बताए । जसमा सबैभन्दा माथी नेपालकाे झण्डा राखिएकाे छ भने लाेगाे भित्र इतिहास झल्काउने गरी बिभिन्न स्केच र संकेतहरु समावेश गरिएकाे छ ।

जसमा नगरक्षेत्रकाे पहाड, फाँट झल्काउने भुगाेल, इतिहासकाे प्रतिकका रुपमा पृथ्वी नारायण शाहकाे तस्विरकाे स्केच, न्याय, समानता, एकता, सुशासन, पारदर्शिता, जवाफदेहिता लगायतकाे प्रतिकका रुपमा तराजु, नगरक्षेत्रमा रहेकाे संस्कृती, धर्म, जात, भेषभुषा, नदीनाला, बिभिन्न उत्पादनसंगै यहाँका बाेटबिरुवा, फुल लगायत बिभिन्न पहिचान झल्काउने गरी आकर्षक रुपमा लाेगो डिजाइन गरिएकाे डिजाइनर मियाँले बताए ।

पत्रकारितासंगै ग्राफिक्स डिजाइनमा समेत रुची राख्ने उनि नेपाल पत्रकार महासंघ गोरखाकाे काेषाध्यक्ष समेत हुन् । उनि सिभिलखबर डटकमका समाचार प्रमुख छन् भने गोरखाबाट ग्यालेक्सी फोके टिभीमा रिपाेर्टिङ्ग गर्छन् ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार