• शुक्रबार, असोज २ २०८३

भारतमा थप एक लाख ७२ हजार व्यक्तिमा कोरोना सङ्क्रमण


बिहिबार, माघ २० २०७८
880
Shares

भारतमा पछिल्लो २४ घण्टामा थप एक ७२ हजार ४३३ थप व्यक्तिमा कोरोना सङ्क्रमण पुष्टि भएको छ । केन्द्रीय स्वास्थ्य मन्त्रालयले दिएको पछिल्लो तथ्याङ्कका अनुसार कोरोना सङ्क्रमणको कारण एक हजार ८ जनाको मृत्यु भएको छ । t

यससँगै  भारतमा कोरोना सङ्क्रमणको कारण  मृत्यु भएका कुल संख्या ४ लाख ९८ हजार ९८३ पुगेको छ ।  हाल देशमा १५ लाख ३३ हजार ९२१ जना कोरोना भाइरसका सक्रिय सङ्क्रमित रहेका पनि सो मन्त्रालय थप जानकारी दिएको छ । यस अवधिमा ८७ हजार ६८२ जना सक्रिय सङ्क्रमित घटेका समाचारमा जनाइएको छ ।  

लगातार १० औं दिनसम्म भारतमा सक्रिय सङ्क्रमित संख्या घटेको मन्त्रालयले बताएको छ । हालसम्म कुल तीन करोड ९७ लाख ७० हजार ४१४ जना निको भएर अस्पतालबाट डिस्चार्ज भइसकेका छन् भने  गत २४ घण्टामा २ लाख ५९ हजार १०७ जना  निको भएका छन् ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार