• शुक्रबार, असोज २ २०८३

प्रभास र पूजाको ‘राधे श्याम’ रिलिज मिति सार्वजनिक


बिहिबार, माघ २० २०७८
820
Shares

दक्षिण भारतीय सुपरस्टार प्रभास र पुजा हेग्देको अभिनय रहेको फिल्म ‘राधे श्याम’ आगामी मार्च ११ मा प्रदर्शन हुने भएको छ।

पूर्वनिर्धारित मितिमा प्रर्दशन हुन नपाएपछि ओटीटी प्लेटफर्मममा रिलिज गर्ने तयारी समेत भएको थियो। तर फिल्मको नयाँ प्रदर्शन मिति मार्च ११ मा घोषणा भएसँगै थिएटरमै फिल्म लाग्ने भएको हो।

फिल्मको निर्माण पक्षले फिल्मको नयाँ प्रदर्शन मितिसहितको नयाँ पोस्टर सामाजिक सञ्जालमा राखेको छ। यसअघि जनवरी १४ मा प्रदर्शन हुने भनिएको फिल्म बढ्दो कोरोना महामारीका कारण सारिएको थियो।

यो चलचित्र हिन्दी, तेलुगू, तमिल, कन्नड र मलयालम भाषामा प्रदर्शन हुनेछ।राधे कृष्ण कुमारको निर्देशनमा बनेको यो फिल्ममा प्रेम र नियतीबीचको द्वन्द्वात्मक कथालाई प्रस्तुत गरिएको छ।

 सन् १९७० को दशकको कथा भन्ने फिल्ममा थोरै विज्ञानको कथा पनि रहेको छ।फिल्ममा प्रभास र पुजाबाहेक भाग्यश्री, क्रिशम राजु, सचिन खेदकर र प्रियादर्शीको पनि अभिनय रहेको छ।

हेर्नुहोस् ट्रेलर

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार