• शुक्रबार, असोज २ २०८३

यात्रुवाहक बस दुर्घटना हुँदा ३५ जना घाइते


बिहिबार, माघ २० २०७८
610
Shares

बर्दियामा आज बिहान बस दुर्घटना हुँदा ३५ जना घाइते भएका छन्। घाइतेमध्ये दुई जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ।

बिहीबार बिहान करिब ३ बजे बासगढी नगरपालिका- ३ मा कालिकोटबाट महेन्द्रनगर जाँदै गरेको ना ५ ख ५३८२ नम्बरको बस दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय बर्दियाले जनाएको छ।

घाइतेमध्ये कालिकोटको त्रिवेणी गाँउपालिका–६ की ११ वर्षीया शितला उपाध्याय र त्रिवेणी गाँउपालिका ७ की ६९ वर्षीया ओमना उपाध्यायको अवस्था गम्भिर छ। उनीहरुलाई स्थानीय स्वास्थ्य संस्थामा समान्य उपचार गरि थप उपचारका लागि नेपालगंज मेडिकल कलेज पठाइएको छ।

सामान्य घाइते ३३ जनाको स्थानीय कौशिल्या अस्पतालमा उपचार भइरहेको छ। दुर्घटनापछि बसका चालकलाई प्रहरीले पक्राउ गरेको छ। तीव्र गतिको कारण बस पल्टिएको अनुमान प्रहरीले गरेको छ।


 

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार