• शुक्रबार, असोज २ २०८३

सरकारबाट सबै धर्मालम्बीलाई सम्मान र सदभाव : मन्त्री मोक्तान


बिहिबार, माघ २० २०७८
975
Shares

बागमती प्रदेशकी सामाजिक विकास मन्त्री कुमारी मोक्तानले गठबन्धनको सरकारले सबै धर्मालम्बी समुदायको चाडपर्वमा विदाको व्यवस्था गरेर सम्मान र सदभाव बढाएको बताएका छन् ।

मकवानपुरको भीमफेदी गाउँपालिका ३, ईक्चुङ स्थित टासी हिृक्सुङ बौद्ध गुम्बामा आयोजित पुजापाठ, शुभकामना आदनप्रदान एवं साँस्कृतिक कार्यक्रमको बुधबार उद्घाटन गरेपछि उहाँले तामाङ जातिको नयाँ वर्ष ल्होसारमा विदा दिएर सरकारले धेरै राम्रो काम गरेको दाबी गरिन् ।

‘हिजो दशैंमा १५ दिन विदा दिन्थ्यो, अहिले ५ दिन विदा छ,’ उनले बताए , ‘सबै धर्म राम्रो र महान् रहेकाले सबै धर्मालम्बीलाई चाडपर्वमा विदा दिनु न्याय पनि हो ।’ तामाङ, चेपाङ लगायतको जातिले आ–आफ्नो नयाँ बर्ष र विशेष पर्वमा विदाको माग गर्नुपर्ने अवस्थाको अन्त्य भएको भन्दै संघीय सरकारको मन्त्रीपरिषदको बैठकले तामाङ समुदायलाई ल्होसारमा र चेपाङलाई न्वागी पर्वमा बिदा दिने निर्णय गरेको बताए ।

‘हिजो देश हिन्दुराष्ट्र हुँदा सबैले जानीनजानी संस्कृत बिषय अनिबार्य पढ्नुपर्ने बाध्यता थियो,उनले बताए ‘नेपाललाई हामीले धर्मनिरपेक्ष बनाएपछि संस्कृत अनिबार्य पढ्नुपर्ने बाध्यता हटाएर स्थानीय भाषामा पढ्न पाउने व्यवस्था गरेका छौं । बौद्ध धर्मले स्वास्थ्यलाई असर गर्ने मद्यपान नगर्न सुझाव दिएको भन्दै उनले धर्ममा रहेको राम्रो कुरालाई लागु गर्न सबैलाई आग्रह गरे ।

कार्यक्रममा भीमफेदी गाउँपालिका वडा नम्बर ३ का अध्यक्ष प्रितिलाल रूम्बा, टासी हिृक्सुङ बौद्ध गुम्बा साँस्कृतिक कलाकार समुहकी सदस्य सम्झना पाख्रिन लगायतले मन्तव्य व्यक्त गरेका थिए ।

कार्यक्रममा टासी हिृक्सुङ बौद्ध गुम्बाका प्रमुख लामा विरसिं लामा, प्रहरी सहायक निरिक्षक खेमबहादुर कार्की, समाजसेवीहरु बद्री स्याङ्तान, अमृत बल, पदम दोङ, भरतसिं पाख्रिन, नेपाल आदिवासी जनजाति पत्रकार महासंघ मकवानपुरका अध्यक्ष अशोकसुजन श्रेष्ठ लगायतको आतिथ्य रहेको थियो ।

टासी हिृक्सुङ बौद्ध गुम्बाका अध्यक्ष रामबहादुर पाख्रिनको अध्यक्षतामा भएको कार्यक्रम उपाध्यक्ष मानबहादुर सिन्तानले संचालन गरेका थिए ।

ईक्चुङमा २०६२ सालदेखी सोनाम ल्होसार छाप्रो हुँदै गुम्बा परिसरमा मनाउन थालिएपनि भौतिक संरचनाको अभाव भएकाले सहयोगका लागि स्थानियबासीले अनुरोध गरेका थिए । कार्यक्रममा स्थानीय युवा, युवतीहरुले गित तथा नृत्य प्रस्तुत गरेर ल्होसारलाई भव्यताका साथ मनाएका थिए ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार