• शुक्रबार, असोज २ २०८३

स्थगित परीक्षा फागुन १ देखि सञ्चालन गर्ने त्रिविको तयारी


बिहिबार, माघ २० २०७८
665
Shares

त्रिभुवन विश्वविद्यालयले कोरोनाका कारण स्थगित गरेका विभिन्न संकायका परीक्षाहरू आगामी फागुन १ गतेदेखि सुरू गर्ने तयारी गरेको छ।

त्रिवि परीक्षा नियन्त्रण कार्यालय बल्खुले सूचना निकालेर परीक्षाको तालिका प्रकाशित गरेको हो।

त्रिविद्वारा सार्वजनिक सूचनाअनुसार विज्ञान तथा प्रविधि अध्ययन संस्थानतर्फ चार वर्षे वीएस्सी चौथो वर्षको नियमित तथा आंशिक परीक्षा पनि फागुन १ देखि हुनेछन्।

त्यसैगरी वार्षिक परीक्षा प्रणालीअनुसार ३ वर्षे एलएलवी तेस्रो वर्ष नियमित परीक्षा पनि फागुन १ देखि सुरू हुने परीक्षा नियन्त्रण कार्यालयले जनाएको छ।

विभिन्न संकायका परीक्षा तालिका र परीक्षा केन्द्रहरू कार्यालयले आफ्नो वेबसाइटमा राखेको छ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार