• शुक्रबार, असोज २ २०८३

मौरिससविरुद्धको दोस्रो मैत्रिपूर्ण खेलमा नेपाल विजयी


बुधबार, माघ १९ २०७८
655
Shares

नेपालले मौरिससविरुद्धको दोस्रो मैत्रिपूर्ण खेलमा  १–० को जित निकालेको छ । खेलको १० औं मिनेटमा सुजल श्रेष्ठले गोल गर्दै नेपाललाई १-० को अग्रता दिलाएका हुन् । 

यसअघि, गत शनिबार दशरथ रंगशालामा भएको पहिलो मैत्रिपूर्ण खेलमा नेपालले १-० ले नै हराएको थियो । उक्त खेलमा नेपालका लागि बिमल घर्ती मगरले गोल गरेका थिए ।

नेपालले एसियन कप छनौटको तेस्रो चरणको तयारीस्वरुप अफ्रिकी टोली मौरिससलाई आमन्त्रण गरेको हो । यो टोलीसँग नेपालले पहिलोपटक मैत्रिपूर्ण खेल खेलेको हो । यसअघि शनिबार भएको खेलमा जित हात पार्दै नेपालले ११ वर्ष यता पहिलोपटक अन्तर्राष्ट्रिय मैत्रिपूर्ण खेलमा जित निकालेको हो ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार