
भारतमा पछिल्लो २४ घण्टामा थप १ लाख ६१ हजार नयाँ संक्रमित थपिएका छन्।
भारतको स्वास्थ्य मन्त्रालयले दिएको जानकारीअनुसार उक्त अवधिमा २ लाख ८१ हजारभन्दा धेरै संक्रमित निको भएका छन्।
कोरोनाका नयाँ संक्रमितको संख्यामा केही कमी आए पनि भारतमा कोरोना संक्रमणको कारण मृत्यु हुनेको संख्या पनि अझै चिन्ताको विषय बनेको छ।
पछिल्लो २४ घण्टामा १ हजार ७३३ जनाको संक्रमणको कारण मृत्यु भएको छ। पछिल्लो २४ घण्टामा भारतमा कोरोनाको संक्रमणदर भने ९.२६ प्रतिशतमा झरेको छ।

