• शुक्रबार, असोज २ २०८३

दूधको मूल्य बढ्यो, अब कति पर्छ लिटरकाे ?


बुधबार, माघ १९ २०७८
1.3K
Shares

काठमाडौं । सरकारले कच्चा दूधमा किसानले पाउने आधार मूल्य वृद्धि गरेको छ ।

सोमबार बसेको मन्त्रिपरिषद् बैठकले दूधको समर्थन मूल्य प्रतिलिटर ६ रुपैयाँ ५२ पैसाले वृद्धि गरेर ५६.०४ रुपैयाँ कायम गर्ने निर्णय गरेको कृषि तथा पशुपन्छी विकास मन्त्रालयले जनाएको छ । प्रशोधन नगरिएको दूधको यस्तो मूल्य किसान र दूध खरिदकर्ताका लागि मात्रै लागू हुने मन्त्रालयको भनाइ छ ।

मन्त्रालयको सिफारिसमा दूधको आधार सर्मथन मूल्य प्रतिलिटर ४९.५२ रुपैयाँबाट बढाएर ५६.०४ रुपैयाँ कायम गरिएको कृषि मन्त्रालयका प्रवक्ता प्रकाश सञ्जेलले बताए ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार