
तामाङ समुदायले आज बुधबार सोनाम ल्होसार पर्व अर्थात् नयाँ वर्ष मनाउँदै छन्। माघ शुक्ल प्रतिपदाका दिन मनाउने सोनाम ल्होसार पर्वका अवसरमा सरकारले सार्वजनिक बिदा दिएको छ।
सोमबार बसेको मन्त्रिपरिषद् बैठकले सोनाम ल्होसारमा आज बुधबार देशभर सार्वजनिक बिदा दिने निर्णय गरेको हो।



ल्होसार पर्व मनाउन आज देशभर विविध कार्यक्रम हुँदै छन्। मञ्जुश्री पात्रोअनुसार आज २८५८औँ वर्ष सुरु भएकाे हाे। आजदेखि गाई वर्ष पूरा गरी बाघ वर्ष प्रवेश हुन्छ।
प्रत्येक वर्ष माघ शुक्ल प्रतिपदाका अवसरमा विभिन्न कार्यक्रम गरी सोनाम ल्होसार पर्व मनाइन्छ। मुसा, गाई, बाघ, खरायो, ड्रागन (मेघ), सर्प, घोडा, भेडा, बाँदर, चरा, कुकुर र सुँगुर गरी १२ वर्गमा सोनाम ल्होसारलाई विभाजन गरिएको छ।