• बुधबार, कार्तिक २६ २०८३

सडक छेउमा आगो तापिरहेकालाई टिपरले ठक्कर दियो, दुई जनाको मृत्यु


मंगलबार, माघ १८ २०७८
700
Shares

बर्दियामा सडक छेउमा आगो तापिरहेकालाई टिपरले ठक्कर दिँदा दुई जनाको मृत्यु भएको छ । यस्तै तीन जना घाइते भएका छन् ।  

जिल्लाको बढैयाताल  गाँउपालिका–३ सतपतियामा  साँझ करिव ९ बजेको समयमा  आगो तापिरहेका ५ जनालाई टिपरले ठक्कर दिँदा एक जनाको घटनास्थलमै मृत्यु भएको हो भने  अर्का एक जनाको अस्पतालमा उपचारका क्रममा मृत्यु भएको  थियो ।

 

बर्दियाका जिल्ला प्रहरी प्रमुख  एसपी ईश्वर कार्कीका अनुसार हिजो बेलुकी  ९  बजेतिर  घर अगाडि आगो तापिरहेका ५ जनालाई भे १ क १४९५ नम्बरको टिपरले अनियन्त्रित भई ठक्कर दिँदै टिपर पनि पल्टेको थियो ।

टिपरको ठक्करबाट सतपतियाटोलका  ४५ वर्षीय सोम बहादुर विकको घटनास्थलमै र रामु थारुको नेपालगञ्ज नरसिंह होममा उपचारको क्रममा मृत्यु भएको  एसपी कार्कीले जानकारी दिए । 

उनका अनुसार गम्भीर  घाइते भएका  वर्ष ३५ की  प्रमिला चौधरी, वर्ष ४० की  चमेलिया थारु र सुर्खेतको वीरेन्द्रनगर नगरपालिका– ११ का १९ वर्षीय लक्ष्मण सुनारको नेपालगञ्जमा उपचार भइरहेको छ । टिपर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

 

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार