• शुक्रबार, असोज २ २०८३

बुधबार देशभर सार्वजनिक बिदा, यस्तो छ कारण ?


मंगलबार, माघ १८ २०७८
840
Shares

गृह मन्त्रालयले सोनाम ल्होसारको उपलक्ष्यमा बुधबार देशभर सार्वजनिक बिदा दिएको छ। 

मंगलबार मन्त्रालयले एक सूचना जारी गर्दै सोनाम ल्होसारको उपलक्ष्यमा देशभरका सबै सरकारी कार्यालय, सार्वजनिक संघ-संस्थाहरूमा सार्वजनिक बिदा दिएको हो।

नेपाल सरकारको सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले सार्वजनिक बिदा दिने निर्णय गरेको हो।  

‘बुधबार सोनाम ल्होसारको उपलक्ष्यमा नेपाल राज्यभरका सबै सरकारी कार्यालय, सार्वजनिक संघ-संस्थाहरूमा सार्वजनिक बिदा दिने निर्णय भएको हुँदा सबैमा जानकारीको लागि  यो सूचना प्रकाशित गरिएको छ,’ सूचनामा भनिएको छ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार